पीएसजीबाट मेस्सीको डेब्यू, एम्बाप्पेको गोलमा विजयी – Nepal Press

पीएसजीबाट मेस्सीको डेब्यू, एम्बाप्पेको गोलमा विजयी

एजेन्सी । लियोनल मेस्सीले रिम्सविरुद्धको खेलसँगै पेरिस सेन्ट जर्मेइनका लागि फ्रान्सेली शीर्ष लिगमा डेब्यू गरेका छन् । ६६ औं मिनेटमा मेस्सीले नेइमारलाई प्रतिस्पधापन गर्दा टिम २-० ले अगाडि थियो ।

अर्जेन्टिनी सुपरस्टारले पीएसजीमा ३० नम्बरको जर्सी रोजेका छन् । साथी खेलाडी नेइमारलाई प्रतिस्थापन गरी मैदान छिर्दै गर्दा भरिभराउ रंगशालामा उपस्थित सार्थकले उठेर सम्मान व्यक्त गरेका थिए । मेस्सीले आफ्नो करिअरमा बार्सिलोनाभन्दा अन्य क्लबबाट पहिलो खेल खेलेका हुन् ।

‘उनी अझै पनि आफ्नो उच्च लयमा पुगिसकेका छैनन् । तर प्रशिक्षण राम्रो भइरहेको छ र एक दुई सातामा पूर्ण फिट हुनेछन्,’ पीएसजीका प्रशिक्षक मोउरिसियो पोचेटिनोले भने, ‘हामी उनको उत्कृष्ट लयको प्रतीक्षामा छौं ।हामी उनले डेब्यू गरेकैमा खुसी छौं ।’

मेस्सीले डेब्यू गरेको खेलमा केलियन एम्बाप्पेले निर्णायक २ गोल गरे । मंगलबारको ट्रान्सफर समयसीमा अगाडि नै रियल मड्रिडमा अनुबन्ध हुनसक्ने सम्भावनाका बीचमा एम्बाप्पेको लागि यो अन्तिम खेल पनि हुनसक्छ ।

रियल मड्रिडले २२ वर्षीय फ्रान्सेली स्ट्राइकरका लागि १ सय ६० मिलियन युरोको प्रस्ताव गरेकोमा पीएसजीले अस्वीकार गरिसकेको छ । पीएसजीका लागि एम्बाप्पेले १७५ खेलमा १३५ गोल गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *