भोलि मन्त्रिपरिषद् विस्तार हुन्छः कांग्रेस नेता विश्वकर्मा – Nepal Press

भोलि मन्त्रिपरिषद् विस्तार हुन्छः कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भोलि बेलुकासम्म सरकार विस्तार हुने बताएका छन् । नेता विश्वकर्माले आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा सत्तासाझेदार दलबीच सहमति भइसकेको बताउँदै भोलि सरकार विस्तार हुने बताएका हुन् ।

उनले भने– दलहरुबीच सहमति भइसकेको छ । भोलि साँझसम्ममा सरकारले पूर्णता पाउने सम्भावना छ ।

नेता विश्वकर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि सरकारका सहभागी हुनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता कर्ण थापाले आफ्नो पार्टी फुटाउन सघाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ दल नेपाली काँग्रेसको चर्को आलोचना गरे ।

उनले भने– सभामुखले नगर्नुपर्ने काम गरेका छन् । त्यसविरुद्ध आगामी दिनमा संसद चल्न नदिने अवस्था आउन सक्छ ।


प्रतिक्रिया

One thought on “भोलि मन्त्रिपरिषद् विस्तार हुन्छः कांग्रेस नेता विश्वकर्मा

Leave a Reply to रबिकुमार गिरि Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर