माधव नेपालको प्रष्टोक्ति- अरुको कार्यकर्ता बन्न जाँदैछन् भनिएको छ, हामी तत्काल कसैसँग एकता गर्दैनौं (भिडियो) – Nepal Press

माधव नेपालको प्रष्टोक्ति- अरुको कार्यकर्ता बन्न जाँदैछन् भनिएको छ, हामी तत्काल कसैसँग एकता गर्दैनौं (भिडियो)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल आफुहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।

आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डको मामुली कार्यकर्ता बन्न बाहिरी उक्साहटमा एमाले फुटाएर गएको ओलीको भनाइप्रति उनले प्रष्टीकरण दिएका हुन् । तल्लो तहसम्म आफ्नो पार्टी कमिटी विद्यमान रहेको दावी गर्दै नेपालले भने, ‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । कसैकसैले अरुको टाङमुनि छिर्न गइरहेका छन्, अरुको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन् भनेर भनिरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । हाम्रो संगठनको संरचना विद्यमान छ तलतल, अलरेडि विद्यमान छ गाउँ-गाउँमा, टोलटोलमा, बस्तीबस्तीमा, जिल्ला जिल्लामा, जनसंगठनहरूमा । समानान्तररूपका सबै कमिटीहरू विद्यमान छन् ।’

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउन र जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरूको ध्यान केन्द्रित हुने बताए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको प्रष्टोक्ति- अरुको कार्यकर्ता बन्न जाँदैछन् भनिएको छ, हामी तत्काल कसैसँग एकता गर्दैनौं (भिडियो)

  1. अनि त्यो मेटमणि चौधरिले के भनेको नि “४ महिना भित्र अरुसँग मिलेर ठुलो पार्टी बनाउछु” भनेर ? या त माकुनेले जाँड खाएर बोलेको होला या त मेटमणिले पक्कै ।

Leave a Reply to Indra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर