एल साल्भाडोरमा बन्यो बिट्क्वाइन एटीएम मेसिन- केवान् – Nepal Press

एल साल्भाडोरमा बन्यो बिट्क्वाइन एटीएम मेसिन- केवान्

काठमाडौं । किओसकोस केवान कम्पनीका प्रमुख कार्यकारी अधिकृत एडगार बोर्जाले एल साल्भाडोरमा पहिलो एटीएम मेसिन डिजाइन गरेर बनाएका छन् ।

केवान् नाम दिइएको त्यो मेसिनले बिट्क्वाइन बालेट प्लेटफर्म स्ट्राइ जस्तै होस्टको काम गर्नेछ । र, त्यो मेसिनमा पूर्ण रूपमा स्ट्राइक पेमेन्ट उपलब्ध हुने बिट्क्वाइन म्यागजिनले उल्लेख गरेको छ ।

केवान् मेसिनले बिल एक्सेप्ट गरेर युजरको स्ट्राइक वालेटमा बिट्क्वाइन पठाउने छ । स्ट्राइक इल साल्भाडोरको सबैभन्दा ठूलो बिट्क्वाइन पमेन्ट प्लेटफर्म हो । एल साल्भाडोर बिट्क्वाइनलाई मुद्राको रूपमा मान्यता दिने पहिलो मुलुक हो ।

केवान् प्रयोकर्ताले बिट्क्वाइन बेचेर सोही मेसिनबाट क्यास पनि निकाल्न सक्ने छन् । बिट्क्वाइन वा डलर सम्बन्धी कारोबार प्रोसेस गरेपछि प्रयोगकर्ताको मोबाइलमा वान् टाइम पासवर्ड (ओ‌टीपी) आउँछ । र, त्यो इन्ट्री गरेपछि मात्रै प्रोसेस गरेको कारोबार पूर्ण हुनेछ ।

पछिल्लो समय विकसित मुलुकहरूमा क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दो छ । अमेरिकी तथा युरोपेली मुलुकसँगै भारतमा समेत यसको कारोबारलाई कानुनी मान्यता दिइसकिएको छ ।

तर, नेपालमा भने क्रिप्टोकरेन्सी सम्बन्धी कारोबारलाई कानुनले निषेध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर