दोस्रो पुस्ताका नेता एमाले छाडेर आए अध्यक्ष पद दिने माधव नेपालको घोषणा (भिडिओ) – Nepal Press

दोस्रो पुस्ताका नेता एमाले छाडेर आए अध्यक्ष पद दिने माधव नेपालको घोषणा (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै आफूलाई छाडेर एमालेमा बसेका नेताहरुलाई आफूसँगै आउन आह्वान गरेका छन् ।

पेशागत महासंघ नेपालले शनिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी विभाजनपछि एमालेमै रहेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको बताए ।

नेपालले भने‘ आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भईहाल्छु, भएन ? पदको लडाई होईन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताए । आफूविरुद्ध कुप्रचार भईरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।


प्रतिक्रिया

One thought on “दोस्रो पुस्ताका नेता एमाले छाडेर आए अध्यक्ष पद दिने माधव नेपालको घोषणा (भिडिओ)

Leave a Reply to krishna parajuli Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर