माधवको साथ छाडेर एमालेमै बसेका दुई सांसद मन्त्री बने, सपथ सम्पन्न – Nepal Press
प्रदेश १

माधवको साथ छाडेर एमालेमै बसेका दुई सांसद मन्त्री बने, सपथ सम्पन्न

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद्‍मा २ जना मन्त्री थपेका छन् ।

बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाइएको छ । स्रोतका अनुसार तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणको जिम्मेवारी दिइएको छ ।

ताप्लेजुङका साम्सोहाङ भने सामाजिक विकास मन्त्री बनेका छन् । यसअघि माधव नेपाल समूहमा रहेका उनीहरू नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर