काबुल विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुग्यो, रोकिएको उद्दार कार्य पुनः सुचारु – Nepal Press

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुग्यो, रोकिएको उद्दार कार्य पुनः सुचारु

काबुल विस्फोटमा ज्यान गुमाउनेको संख्या ११० पुुगेको छ । अलजजिराका अनुसार बिहीवार काबुल बिमानस्थलमा भएको गेटमा भएको विस्फोटमा १३ जना अमेरिकी सैनिक पनि मारिएका थिए ।

थप आक्रमण हुनसक्ने भन्दै एयरपोर्टमा रहेको अमेरिकी फौजले देश छाड्ने तयारीमा रहेका अफगान नागरिकलाई उद्दार गरिरहेको छ । विस्फोटपछि रोकिएको उद्दार कार्य पुनः सुरु भएको छ ।

‘हामीले केही जहाजले उद्दार कार्य थालेको देखेका छौं । एयरपोर्ट बाहिर देश छाड्नेको भीड हिजोको भन्दा बढेको छ । केही जहाज मात्र बाँकी भएकाले एयरपोर्टको पर्खाल हुँदै भित्र छिर्न चाहेनेको भीड निकै उच्च छ’ अलजजिराका चाल्र्स स्टार्टफोर्डले भने ।

बिहीवारको आक्रमण अफगानिस्तानमा रहेका आएसआइएस कट्टरपन्थीले गरेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *