विश्वचर्चित डीजे डेभिड गुएटाले नेपाली गायकसँग सहकार्य गर्दै – Nepal Press

विश्वचर्चित डीजे डेभिड गुएटाले नेपाली गायकसँग सहकार्य गर्दै

नेपालीसँग काम गर्न पाउनु मेरो खुशि : गुएटा

काठमाडौं । विश्वचर्चित फ्रान्सेली डीजे डेभिड गुएटासँग मिलेर गायक सुशान्त केसीले गीत गाउने भएका छन् । टुबोर्ग ओपनको नयाँ प्रस्तुतिका लागि यी दुईजनाले सहकार्य गर्न लागेका हुन् ।

आजदेखि डेनिस बियर टुबोर्गले दुई मुलुकबीच ब्रान्ड प्रवद्र्धन गर्न व्यक्तिसँग सहकार्य गर्ने अभियान थालनी गरेको हो । अभियान अन्तर्गत केसीले गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’को अफिसियल रिमिक्स गर्नेछन् ।

गुएटाले संसारभरका कलाकारको आवाजमा ट्रयाक बनाउने उद्देश्यले ल्याएका हुन् । डीजे गुएटाले नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा खुशि लागेको बताएका छन् । ‘हामी दुबैजनाको प्रस्तुतिले ताजापन महसुस गराउन सक्छ’ उनले भने ।

मायामा, साथी, आमाजस्ता हिट ट्रयाकमा स्वर दिइसकेका केसीले पनि विश्वकै ठूला डीजेसँग सहकार्य गर्न पाउँदा खुशि जनाएका छन् । गुएटाको ट्रयाक गेट टुगेदरमा काम गरिरहेका केसीले यो गीत चाहिँ सेप्टेम्बर अन्त्यसम्म ल्याउने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर