खोटाङमा भाइले गरे दाजुकाे हत्या, भतिजा पनि पक्राउ – Nepal Press

खोटाङमा भाइले गरे दाजुकाे हत्या, भतिजा पनि पक्राउ

खोटाङ। खोटाङमा दाजुको हत्या गरेको आरोपमा भाइ र भतिजा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ३ कांडेका ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा पक्राउ परेका छन् ।

गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर नफर्केपछि परिवारले खोजी गरेका थिए । खोजतलास गर्ने क्रममा बुधबार पौने २ बजे घरदेखि २ सय मिटर पर बारीमा मृत फेला परेका थिए ।

शव फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोलीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढाएको थियो ।

घटनाको प्रकृती, स्थानीयबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । उनीहरु माथिकर्तव्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडि बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर