एभरेष्ट बैंकको १०६औं शाखा काठमाडौंको बूढानीलकण्ठमा – Nepal Press

एभरेष्ट बैंकको १०६औं शाखा काठमाडौंको बूढानीलकण्ठमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १०५औं शाखा काठमाडौंको बूढानीलकण्ठमा सञ्चालनमा ल्याएको छ ।

बिहीबार आयोजित उद्घाटन समारोहमा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बूढानीलकण्ठ नगरपालिका, वडा नम्बर ३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठ ले संयुक्त रुपमा बूढानीलकण्ठ, काठमाडौं शाखाको उद्घाटन गरेका हुन ।

उक्त उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दिपक काजी तुलाधर, एभरेष्ट बैंक बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा कार्यवाहक कार्यकारी अधिकृत डा। सन्धिर कुमारले बूढानीलकण्ठको बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको बताएका थिए ।

यस बैंकको हालसम्म करीब १२ लाख ग्राहक रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर