लोसपा पहिलो बैठक : जनप्रतिनिधिलाई आफूतिर लाग्न आग्रह – Nepal Press

लोसपा पहिलो बैठक : जनप्रतिनिधिलाई आफूतिर लाग्न आग्रह

काठमाडौं । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्व:घोषणा गराउने विषयमा छलफल भएको छ । लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए ।

उनले भने, ‘दल दर्तापछि पहिलोपटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित हुनुभएको थियो, बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरूलाई निर्वाचन कार्यालयमा स्व:घोषणा गराउनुपर्छ, स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरूको लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरू भइसक्यो, दल गठन भएको २ गते आज लगभग १० दिन त बितिसक्यो, त्यसैले २३ गतेसम्ममा स्व:घोषणा गर्ने काम छ त्यसको बारेमा छलफल भयो, सदस्यता, विधान घोषणा नियमावलीदेखि लिएर जनतामा जाने भन्ने कुराहरूमा छलफल भएको छ, सांगठनिक संरचना कसरी कसरी र कुन मोडालिटीमा बनाउने त्यो विषयमा पनि छलफल भइरहेको छ ।’

सरकारमा जाने/नजानेबारे आज छलफल भए पनि कुनै निर्णय नभएको झाले जानकारी दिए । उनका अनुसार यसबारे पछि निर्णय लिइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर