अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरु – Nepal Press

अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरु

काठमाडौं । तीनदेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर बनाइएको ब्याम्बिनोस डट लाइभले नेपालमा पनि सेवा सुरु गरेको छ । एक्स्प्लोरर विङ्ग्स प्रालिसँग सम्झौता गरेर ब्याम्बिनोसले सेवा सुरु गरेको हो ।

यसमा सार्वजनिक रूपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा लगायतका विषयलाई लक्षित गरेर एक सयभन्दा बढि कोर्सहरूमा समावेश गरिएको छ ।

ब्याम्बिनोस अतिरिक्त शिक्षाको लक्ष्य लिएर ब्याम्बिनोस डट लाइभ सन् २०२० मा स्थापना गरिएको डिजिटल एकेडेमी हो । कोरोना भाइरसको महामारीका कारण बालबालिकामा अन्तर्क्रिया कमै हुने गरेको छ । र यो समयमा प्रतिस्पर्धा गर्न कुरालाई ध्यानमा राखेर यो पाठ्यक्रम विकास गरिएको एक्सप्लोररले बताएको छ ।

यो डिजिटल एकेडेमीको प्रयोग तिस हजार जना विद्यार्थीहरुले गरिरहेको र त्यसमा कम्पनीले १०० भन्दा बढि प्रोग्रामहरू राखेको छ । जसमा पाठ्यक्रमको शिक्षालाई सहयोग पुग्ने अतिरिक्त तर अत्यावश्यक विषयहरुलाई समेटेको बताइएको छ । यो प्लाटफर्मले विश्वकै राम्रो, गुणस्तरीय कन्टेन्ट र शिक्षकहरु उपलब्ध गराइरहेको दाबी गरेको छ ।

यो डिजिटल एकेडेमीले ३ देखि १५ वर्ष सम्मक बालबालिकालाई स्कुलपछिको क्रियाकलाप जस्तै ट्युसन, अतिरिक्त क्रियाकलाप, आफ्नो रुचीहरु पुरा गर्नलाई अझै मद्दत पुर्याउने गर्दछ ।

घरमै बसेर विभिन्न रमाइलो तथा ज्ञानवर्धक कुराहरु सिकाउन ब्याम्बिनोसले काम गरिरहेको बताएको छ । विद्यार्थीहरुले आफ्नो प्रगतिलाई ट्रयाक पनि गर्न सक्छन् ।

डिजिटल एकेडेमीमा विद्यार्थीहरु लाइभमानै साथीहरुसँग र शिक्षकसँग अन्तर्क्रिया गर्न सक्दछन् जसले पठनपाठनलाई अझै सहज बनाउने गर्दछ । त्योसँगै कम्पनीले १० भन्दा बढि देशहरुमा सेवा दिदै आएको हुँदा प्रयोगकर्ताहरुले विभिन्न देशका साथीहरुसँग अन्र्तक्रिया गर्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर