सानिमा बैंकको विपन्न शैक्षिक छात्रवृत्तिका लागि आवेदन दिन सक्ने – Nepal Press

सानिमा बैंकको विपन्न शैक्षिक छात्रवृत्तिका लागि आवेदन दिन सक्ने

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विपन्न विद्यार्थीका दिइरहेको छात्रवृति सम्वन्धि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

बैंकले शिक्षा ,स्वास्थ्य लगायत अन्य क्षेत्र विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्दै आइरहेको छ ।

सानिमा बैंकले सन् २०१२ देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ मा अध्ययनरत स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिदैं बैंकले यस वर्षको लागि पनि छात्रवृत्ति आवेदन खुला गरेको छ । छात्रवृत्तिमा सहभागी हुनका लागि २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा राखिएको छ। यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक  २ हजार नगदवृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम संचालनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर