मधेस भवनअघि सहिद परिवार र घाइतेको प्रदर्शन, करार नियुक्तिको म्याद थप्न माग – Nepal Press

मधेस भवनअघि सहिद परिवार र घाइतेको प्रदर्शन, करार नियुक्तिको म्याद थप्न माग

जनकपुरधाम । मुख्यमन्त्री र मन्त्रीहरुको निवास रहेको मधेस भवनअघि मधेस आन्दोलनका सहिद परिवार र घाइतेहरुले प्रदर्शन गरेका छन् ।

प्रदेश सरकारले कार्यालय सहयोगीमा दिएको करार नियुक्तिको म्याद थप नगरेको र कतिपय सहिद परिवारलाई नियुक्ति दिए पनि व्यवस्थापन नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएपछि बाध्य भएर प्रदर्शन गरेको सर्लाही मलंगवाका मधेस आन्दोलनका सहिद दिनेश राय यादवका भाइ रामनरेश राय यादवले बताए ।

सहिद प्रतिष्ठान गठन गर्नुपर्ने, सहिद परिवारलाई दिएको जागिरको म्याद थप्नुपर्ने, नियुक्ति पाएकालाई व्यवस्थापन गर्नुपर्ने र कार्यालय सहयोगीमा मात्र नभएर योग्यताअनुसार जागिर दिनुपर्नेलगायतक उनीहरुको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर