क्रियाशील सदस्यतामा देउवाले मनलाग्दी गरे, यस्तालाई ढाल्न के गर्नुपर्छ गर्छौं : प्रकाशमान (भिडियो) – Nepal Press

क्रियाशील सदस्यतामा देउवाले मनलाग्दी गरे, यस्तालाई ढाल्न के गर्नुपर्छ गर्छौं : प्रकाशमान (भिडियो)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बतनाएका हुन् ।

उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए । नेता सिंहले सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताए ।

नेता सिंहले भने, ‘विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने, तर पार्टी सभापति भएपछि हरेक ४ वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाइकन क्रियाशील सदस्यताको काम पार्टीको विधान अनुसार नगर्ने, गरेको भए अहिले यो अवस्था आउँथ्यो ?गर्छु गर्छु भन्ने तर कामबाट पुष्टि गर्न नसक्ने, मुख्य कुरा पार्टी सभापतिले पार्टीको विधानअनुसार सबैलाई सम्मान रुपमा क्रियाशील सदस्यताको त्राmइट एरिया एकनाश हुनुपर्यो नि, आफ्नो मान्छोलई क्राइट एरिया नचाहिने, त्यस्तो नि हुन्छ, यदि उहाँले त्यसमा पनि जबर्जस्ती गर्नुभयो भने हामीलाई पनि काँग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टी भित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं ।’

नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँधली भएको बताए । उनले नेपाली का‍ंग्रेस जस्तो डेमोक्रेटिक पार्टीले पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताए ।

नेता सिंहले भने, ‘नेपाली कांग्रेसको अहिले १४ औँ महाधिवेशनको ५ औँ पटक कार्यतालिका संसोधन गरेर फ्ल्यास भएको छ, क्रियाशील सदस्य नै हाम्रो भोटर लिस्ट हो, ७७ जिल्लामै क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्छ, विधि प्रक्रिया पूरा नगरी क्रियाशील सदस्य छानिएको छ, आफ्नो पक्षमा ल्याउनका लागि यो भएको छ, त्यसैले हरक जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्यो, कसैको विशेष इन्ट्रेसमा, पार्टी कब्जा गर्ने नाममा क्रियाशील सदस्यताको चयनमा व्यापक धाँदली भएको छ ।”

नेता सिंहले आफ्नी आमा तथा महिला हकहित कर्मी स्व. मंगला सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरुलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरुले आफ्नो हकहित सुरक्षाका लागि अझै लड्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर