सरकारले औषधिको मूल्य बढाउने, मूल्य निर्धारण गर्न आज बैठक बस्दै – Nepal Press

सरकारले औषधिको मूल्य बढाउने, मूल्य निर्धारण गर्न आज बैठक बस्दै

काठमाडौं । औषधिको मूल्य बढाउनेबारे छलफल गर्न आज औषधि व्यवस्था विभागको बैठक बस्ने भएको छ । अपरान्ह औषधि मुल्य अनुगमन समितिसँगको बैठकमा मुल्य वृद्धिबारे छलफल हुने भएको छ ।

बैठकमा औषधिहरुको मूल्यमा परिमार्जन, संशोधन, , मूल्य निर्धारण कार्यविधि तथा मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने भएको छ।

विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर