संयुक्त राष्ट्रसंघ र वाणिज्य महासंघबीच सहकार्य हुने, एसडीजी प्राथमिकता – Nepal Press

संयुक्त राष्ट्रसंघ र वाणिज्य महासंघबीच सहकार्य हुने, एसडीजी प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच भेटवार्ता भएको छ ।

भेटमा संयुक्त राष्ट्र संघको दीगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा सामना गर्नुपर्ने चुनौती ,निजी क्षेत्रको भूमिका र कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल हुने अध्यक्ष गोल्छाले बताएका थिए ।

आगामी वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पूरा गर्नुपर्ने तयारीलाई नेट २०३० भित्र समावेश गरिएको महासंघले बताउँदै आएको छ ।

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरिसकेको छ ।

एसडीजीका लक्ष्य निर्धारित समयभित्रै पूरा गर्ने कार्यमा महासंघको सहकार्य महत्वपूर्ण रहेकाले यसमा सहयोग गर्न संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थी आग्रह गरेको महासंघले जनाएको छ ।

नेपालको स्तरोन्नती र एसडीजीका लक्ष्यहरू पूरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनुसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्वपूर्ण रहेको उनको मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर