पत्नी राधिकाको ‘ह्यापी बर्थडे’ मा ओलीको ‘ह्याप्पी मुड’ – Nepal Press

पत्नी राधिकाको ‘ह्यापी बर्थडे’ मा ओलीको ‘ह्याप्पी मुड’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आज जन्मदिन मनाएकी छन् । पार्टीका कार्यक्रम र भेटघाटहरुको चटारोबाट समय निकालेर ओली बेलुकीपख पत्नीको जन्मदिनको कार्यक्रममा सरीक हुन भ्याए ।

बालकोटस्थित ओली निवासमा मानव सेवा आश्रमको आयोजनामा सामान्य तरिकाले जन्मदिन मनाइएको थियो । शाक्य मानव सेवा आश्रमकी संरक्षक हुन् ।

एमाले महासचिव तथा भुतपूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि शाक्यलाई शुभकामना दिन बालकोट पुगेका थिए । यस्तै, अनेरास्ववियूको एउटा टोलीले पनि जन्मदिनको कार्यक्रममा सहभागी भएको थियो ।

ओली पत्नी राधिका शालिन तथा सरल स्वभावका लागि परिचित छिन् । आजका दिनसम्म ओलीलाई हरेक संघर्षमा साथ दिँदै आएकी उनले श्रीमान शक्तिमा छँदा पनि सँधै ‘लो प्रोफाइल’ मै बस्न रुचाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर