छानविन समितिले प्रतिवेदन बुझाउनासाथ अल्मुताइरीले लेखे : आइ एम आउट ! – Nepal Press

छानविन समितिले प्रतिवेदन बुझाउनासाथ अल्मुताइरीले लेखे : आइ एम आउट !

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले प्रतिवेदन दिए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । उनले एक लाइनको स्टाटस लेख्दै आफ्नो असन्तुष्टि पोखेका हुन् ।

राखेपलाई बुधबार प्रतिवदन बुझाउँदै समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको थियो । लगत्तै फेसबुकमा अल्मुताइरीले लेखेका छन्, ‘आइ एम आउट …. लेट पोलिटिक्स वर्क’ । (म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ) ।

केही समयअघि अल्मुताइरीले राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई आरोपित गर्दै राजीनामा दिएपछि विवाद बढेको थियो ।

एन्फाले विवाद सुल्झाउन नसकेर राखेपको जिम्मा लगाएको थियो । राखेपले यस विषयमा गठन गरेको छानविन समितिले आज प्रतिवेदन दिएको हो ।

राखेपको प्रतिवेदनमा अल्मुताइरीकै आचरणमाथि प्रश्न उठाइएको छ ।


प्रतिक्रिया

One thought on “छानविन समितिले प्रतिवेदन बुझाउनासाथ अल्मुताइरीले लेखे : आइ एम आउट !

  1. अलमुताइरीको सटिक जवाफ नेपालमा जब सम्म खेलकुद क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउँन सकिन्दैन तब सम्म नेपालले अन्तराष्ट्रीय स्तरको पदक जित्न सक्दैन ।

Leave a Reply to .purna rai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर