परराष्ट्र मन्त्रालयको प्रवक्ता र सहप्रवक्ता दुबैको जिम्मेवारी महिलालाई – Nepal Press

परराष्ट्र मन्त्रालयको प्रवक्ता र सहप्रवक्ता दुबैको जिम्मेवारी महिलालाई

काठमाडौं । परराष्ट्र मन्त्रालयको प्रवक्ता र सह-प्रवक्ता दुबैजना पदमा महिला नियुक्त भएका छन् । प्रवक्ता पदमा सहसचिव सेवा लम्साल पहिलदेखि नै छिन् भने उपसचिव रीता धिताल सहप्रवक्तामा नियुक्त भएकी छिन् । यसैसातादेखि धितालले सहप्रवक्ताको जिम्मेवारी लिएकी हुन् ।

प्रायः मन्त्रालयका प्रवक्ता र सहप्रवक्तामा दुबै महिला कमै छन् । केही कूटनीतिक नियोगको जिम्मेवारी पनि महिलाले हाँकिरहेका छन् । अहिले नेपाली परराष्ट्रमा झन्डै ५८ महिला कुटनीतिज्ञ छन् ।

लम्साल पहिलो महिला प्रवक्ता हुन् भने संयोगवश सहप्रवक्ता पनि महिला नै बनेकी छन् । सरकारका कुनै पनि निकायमा दुवै जिम्मेवारी महिलाले पाएका छैनन् ।

 


प्रतिक्रिया

One thought on “परराष्ट्र मन्त्रालयको प्रवक्ता र सहप्रवक्ता दुबैको जिम्मेवारी महिलालाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर