अफगान संकटबारे सी र पुटिनबीच संवाद : समावेशी सरकार गठनका लागि तालिबानलाई आग्रह – Nepal Press

अफगान संकटबारे सी र पुटिनबीच संवाद : समावेशी सरकार गठनका लागि तालिबानलाई आग्रह

बेइजिङ । अफगान संकटबारे चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी समकक्षी भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । पिपुल्स डेलीका अनुसार तालिवानले काबुललाई नियन्त्रण लिएपछि त्यहाँको पछिल्लो परिस्थितीबारे दुई नेताबीच छलफल भएको छ ।

चिनियाँ राष्ट्रपति जिनपिङले अफगानको भविष्य अफगानी जनताको हातमा छाड्नुपर्ने र विदेश हस्तक्षेप जरुरी नभएको बताएको जनाइएको छ । साथै, सीले सबै राजनीतिक दल सहभागि हुने राजनीतिक संरचनाको निर्माण हुनु आवश्यक रहेको बताएका थिए ।

चीनले यसअघि नै तालिबान सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरिसकेको छ । रुसले भने तालिबानलाई तत्कालै वैधता दिने विषयमा बोलिहालेको छैन । उसले पर्ख र हेरको मुड बनाइरहेको छ ।

अमेरिका र उसका साझेदार मुलुकले ३१ अगस्टमा अफगानिस्तान छाड्ने योजना बनाइरहेको बेला तुलनात्मकरुपमा तालिबानप्रति नरम मानिएका चीन र रुसी सर्वोच्च नेताले यसरी छलफल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर