नेपाल-थाइल्यान्ड संयुक्त आयोगको बैठक : बिमस्टेकमार्फत थप सहायता विस्तार गर्ने


काठमाडौं । नेपाल-थाइल्यान्ड संयुक्त आयोगको बैठक आज भर्चुअलरुपमा बसेको छ । परराष्ट्र सचिव भरतराज पौड्याल र थाइल्यान्ड विदेश मन्त्रालयका स्थायी सचिव थानी थोनपाक्डीले डेलिगेसनको नेतृत्व गरेका थिए ।
बैठकले कोभिड-१९ महामारीले सिर्जना गरेका चुनौतिविरुद्ध एक भएर लड्ने सहमति गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । साथै, दुई मुलुकले बिमस्टेक मञ्चमार्फत क्षेत्रीयस्तरमा सहायता विस्तार गर्ने सहमति पनि गरेका छन् ।
बैठकमा दुबै पक्षले प्राविधिक सहायता, व्यापार र लगानी, पर्यटन र संस्कृति, नागरिक तहको सम्बन्ध र शिक्षा लगायतका विषयमा छलफल भएको जनाइएको छ । आयोगको छैठौं बैठक उपयुक्त समयमा बस्ने जनाइएको छ ।