निर्वाचन आयोगमा झाँक्रीले भनिन्ः आज आउनेजतिलाई सनाखत गर्नुपर्छ, आयुक्तले पूर्वाग्रह देखाए – Nepal Press

निर्वाचन आयोगमा झाँक्रीले भनिन्ः आज आउनेजतिलाई सनाखत गर्नुपर्छ, आयुक्तले पूर्वाग्रह देखाए

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दल दर्ताको प्रक्रियालाई लिएर निर्वाचन आयोगले आफूहरुप्रति पूर्वाग्रह देखाएको आरोप लगाएकी छन् । आज आयोगमा आउने जोकोही केन्द्री सदस्य वा सांसदको आयोगले सनाखत गर्नुपर्ने उनको भनाइ छ ।

निर्वाचन आयोगमा पार्टीका नेताहरुको सनाखत प्रक्रियया चलिरहँदा झाँक्रीले पत्रकारहरुसँग आफ्नो असन्तुष्टि पोखेकी हुन् ।

उनले भनिन्, ‘विगतका अभ्यासलाई पनि हेर्नुपर्छ । विगतमा विदेशमा बसेकाहरुको पनि सनाखत भएको उदाहरण छन् । साथै, आज एमालेको १५४ जनाको संसदीय दल वा २०३ जना केन्द्रीय सदस्यहरु जो आएर यता उभिन्छौं, सनाखत गर्नुपर्छ ।’

झाँक्रीले एमालेका मान्छेहरु आयोगमा आएर विभिन्न दबाब दिएको आरोप लगाइन् । साथै आयोगका प्रमुख आयूक्तले पनि पहिलेदेखि पूर्वाग्रह राखेको र अहिले पनि त्यस्तो देखाएको उनको दावी छ ।

एमालेमा मर्ज भएको मध्यमार्गी धारको विषयमा झाँक्रीले उनीहरुका लागि पार्टीको ढोका खुला राख्नुपर्ने बताइन् । वामदेव गौतम भने एमालेबाट राजीनामा नै दिएर आउने भन्दै उनका लागि दल बदलको कानून आकर्षित नहुने झाँक्रीले टिप्पणी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर