माधव नेपाल पक्षलाई ओलीको आरोपः घरघरबाट मान्छे तानेर रिसोर्टमा थुनियो – Nepal Press

माधव नेपाल पक्षलाई ओलीको आरोपः घरघरबाट मान्छे तानेर रिसोर्टमा थुनियो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घरघरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाएका छन् । बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको समेत उनले बताए ।

एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘घरघरबाट तानियो, ललाइफकाइ लगेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो । मीठै खान दिइयो, राम्रै ठाउँमा सुताइयो ।’

ओलीले अगाडि थपे, ‘पार्टीको बैठक यस्तो हुन्छ, साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने ? कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ । यो कुनै बैठक थिएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *