लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि सनाखतका लागि आयोगमा – Nepal Press

लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि सनाखतका लागि आयोगमा

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु दर्ता सनाखतका लागि निर्वाचन आयोगमा पुगेका छन् । पार्टीका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसहितका नेताहरु आयोग पुगेका हुन् ।

आफूहरुसँग १५ जना संघीय सांसदहरु रहेको नेता महतोले बताए । पुरानो कार्यकारिणी समितिबाट ३१ जना र रेशम चौधरीको नाम सनाखत गरिने उनले जानकारी दिए ।

महतोले शक्ति निर्माण होला भनेर उपेन्द्र यादवको पार्टीसँग एकता गरे पनि त्यो सफल नभएको बताए । अब आफ्नो लक्ष्यका लागि अघि बढ्न सहज बाटो खुलेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर