काबुल छाड्ने ३१ अगस्टको समयसीमामै अमेरिका अडिग, बाइडेनले भने : जतिसक्दो चाँडो छाड्यो, उति राम्रो – Nepal Press

काबुल छाड्ने ३१ अगस्टको समयसीमामै अमेरिका अडिग, बाइडेनले भने : जतिसक्दो चाँडो छाड्यो, उति राम्रो

वासिङ्टन । अमेरिकाले अगस्ट ३१ को समयसीमाभित्रै काबुल छाड्ने समयसीमामा आफू अडिग रहेको जनाएको छ । जी-सेभेन बैठकपछि राष्ट्रपति जो बाइडेनले सयमसीमाभित्रै अमेरिकी र साझेदार मुलुकका नागरिकलाई उद्दार गर्ने कार्यमा आफूहरु अडिग रहेको बताए ।

तर, समयसीमा थप गर्ने वा नगर्ने भन्ने कुरा तालिवानको व्यवहारमा निर्भर हुने उनले जनाए । ‘हामीले जतिसक्दो चाँडो सक्यो, उति राम्रो’ बाइडेनले भने, ‘प्रत्येक दिनको अप्रेसनले हाम्रा सैनिकमाथि जोखिम निम्ताइरहेको छ ।’

बाइडेनका अनुसार अगस्ट १४ देखि अमेरिकी सेनाले ७० हजार ७ सयभन्दा बढी मानिसलाई उद्दारमा सहयोग गरेका छन् । मंगलबार आयोजित प्रेसमिटमा तालिबानले ३१ अगस्टभित्रै उद्दार सक्न विदेशी मुलुकहरुलाई चेतावनी दिएको थियो । साथै, तालिबाले चिकित्सक, इन्जिनियरजस्ता अफगानी विज्ञहरुलाई नलैजान समेत अमेरिकालाई आग्रह गरेको थियो ।

यसैबीच, रुसले ५०० जना आफ्ना नागरिकलाई उद्दार गर्ने भएको छ । दक्षिण कोरियाले उद्दारका लागि सैनिक जहाजहरु काबुलतर्फ पठाएको छ । जापानले पनि ट्रान्सपोर्ट प्लेन काबुलतर्फ पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर