कुलमानको विरुद्ध अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो नियुक्तिको फाइल – Nepal Press

कुलमानको विरुद्ध अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो नियुक्तिको फाइल

काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल झिकाएको छ ।

आफू उक्त पदमा रहँदा रहँदै घिसिङलाई गरिएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट हालेका थिए । कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत रहेको भन्ने जिकिर शाक्यको थियो ।


प्रतिक्रिया

One thought on “कुलमानको विरुद्ध अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो नियुक्तिको फाइल

  1. लौ भ्रष्टाचारको पक्षधर जस्तो शंकास्पद ढंगमा उत्रिएका अहितमान शाक्यले झण्डै ३ करोड नेपालीको अखुसी देख्न अज्ञानी जस्तै लाग्यो मलाई तर, सत्य, तथ्य उनै भगवानलाई थाहा होलान् 🙇‍♂️ अब न्याय दिनु पर्यो हामी नेपालीहरुका लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *