माया ज्ञवाली चन्द्रागिरी बैठकमा, एक सातामै तीनपटक गुट परिवर्तन – Nepal Press

माया ज्ञवाली चन्द्रागिरी बैठकमा, एक सातामै तीनपटक गुट परिवर्तन

काठमाडौं । एमाले सांसद माया ज्ञवालीले एक साताको बीचमा तेस्रोपटक गुट परिवर्तन गरेकी छन् । अघिल्लो साता माधव नेपाल पक्षको अर्याल होटलका बैठकमा भाग लिएकी ज्ञवाली सोही दिन संस्थापन पक्षको संसदीय दलको बैठकमा पुगेकी थिइन् ।

ज्ञवाली अहिले चन्द्रागिरी रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को बैठकमा सहभागी भएकी छन् । उनी सोमबार साँझदेखि नै आफूहरूसँगै रहेको नेकपा (एस) का केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

एमालेबाट समानुपातिक निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य बनेकी ज्ञवाली तत्काली नेकपा विभाजनको बेला पनि कहिले केपी ओली पक्ष र कहिले प्रचण्ड-माधव पक्षमा ओहोरदोहोर गरिरहेकी थिइन् ।

नेकपा एसको बैठकमा राष्ट्रियसभाका ८ र प्रतिनिधिसभाका २३ जना समेत गरी ३१ सांसद सहभागी रहेको साहले बताए ।


प्रतिक्रिया

One thought on “माया ज्ञवाली चन्द्रागिरी बैठकमा, एक सातामै तीनपटक गुट परिवर्तन

Leave a Reply to Indra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर