कांग्रेस क्रियाशील सदस्यता विवाद सहमतिमै टुंग्याइयो, देउवाले बुझे प्रतिवेदन – Nepal Press

कांग्रेस क्रियाशील सदस्यता विवाद सहमतिमै टुंग्याइयो, देउवाले बुझे प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगिएको छ । क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका छन् ।

देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए । उनले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर