योगेशले भने- अध्यक्ष ओली सकारात्मक हुनुहुन्छ, माधव नेपाल फर्किए कारवाही फिर्ता हुन्छ (भिडियाे) – Nepal Press

योगेशले भने- अध्यक्ष ओली सकारात्मक हुनुहुन्छ, माधव नेपाल फर्किए कारवाही फिर्ता हुन्छ (भिडियाे)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउन अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् ।

बालकोटमा भएको वार्तापछि पत्रकारसँग कुरा गर्दै भट्टराईले सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने र सबैका पुराना जिम्मेवारी यथावत राख्ने प्रतिबद्धतासमेत अध्यक्ष ओलीले व्यक्त गरेको जानकारी दिए ।

भट्टराईले भने, ‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ । कसैप्रति भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ गर्नुभएको छ । अब सबै साथीहरूलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु ।’

माधव नेपालकै समूहमा रहेर हाल विभाजनमा नलागेका नेता भट्टराईले पार्टी विभाजनको बाटो छाडेर एमालेमा फर्किन आफूहरूले आग्रह गरेको र भोलिको स्थायी कमिटी बैठकले पनि अपील गर्ने बताए । नेपाललाई विभाजनमा साथ दिएकाहरूलाई पनि पार्टीमा फर्किन उनले आग्रह गरे ।’

आफूहरूले माधव नेपाललाई पार्टी विभाजनका लागि साथ नदिएको र उतिबेलै अलग पार्टी बन्ने सन्दर्भमा साथ नरहने उतिबेलै जानकारी दिएको समेत भट्टराईले बताए । उनले माधव नेपालले हतार गरेको भन्दै दुई दिनपछिमात्र नेपालको बारेमा थप टिप्पणी गर्ने बताए ।

भट्टराईले माधव नेपाल दल दर्ताबाट एमाले एकतामै फर्किए कारवाही फिर्ता हुने समेत जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर