एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी – Nepal Press

एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

काठमाण्डौ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दुई दशकदेखि नेदरल्याण्डमा रहँदै आएका गुरुङले ‘अब एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

गुरुङ एनआरएनए नेदरल्याण्डको २०१५-१७ को कार्यकालमा अध्यक्ष रहेका थिए । २०१७-१९ मा एनआरएनएको आइसीसी सदस्य रहेका उनी अहिले युवा समिति संयोजक रहेका छन् । कास्कीको पोखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका गुरुङले आफ्नो उम्मेदवारीले एनआरएनएमा युवाहरुको सहभागिता र भूमिका बढाउने दावी गरेका छन् ।

सामुहिक लगानी र पर्यटनको प्रबर्धनबाट नेपालको समृद्धि सम्भव रहेको धारणा राख्ने गुरुङले गैर आवासीय नेपालीले भोग्नुपरेका समग्र समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *