कक्षा १२ को परीक्षा दशैंअघि नै संचालन हुने – Nepal Press

कक्षा १२ को परीक्षा दशैंअघि नै संचालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने जनाएको छ । चारलाख भन्दा बढी परिक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाएर भौतिकरुपमै परिक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा संचालनबारे१५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । निषेधाज्ञाले परीक्षा स्थगित भएपछि परिक्षार्थीहरु उपत्यकाबाहिर गएकाले पूर्वजानकारी दिनुपर्ने हुने शर्माले जनाए ।

स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै भौतिकरुपमा परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने शर्माले बताए । सरकारले यसै सातादेखि प्रवेशपत्रको आधारमा कक्षा १२ का परीक्षार्थीहरुलाई खोप दिन थालेको छ । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराउन शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर