मानुषी लघुवित्तको सेयर बाँडफाँट, ९८ प्रतिशतको हात रित्तै – Nepal Press

मानुषी लघुवित्तको सेयर बाँडफाँट, ९८ प्रतिशतको हात रित्तै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टमा सोमबार बाँडफाँट भएको हो ।

मानुषीको आईपीओमा ३६ हजार ८५९ जनालाई १० कित्ताका दरले सेयर परेको छ । ३ जना भने ११ कित्ता हात पार्न सफल भएका छन् ।

कम्पनीले सर्वसाधरणका लागि साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । जसमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुल्ला गरेको थियो । आवेदकमध्ये ९८.४७ प्रतिशतको हात रित्तो भयो । २३ लाख ५४ हजार ७८४ जनाले आईपीओका लागि आवेदन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर