माधवमाथि नविनाको आरोप- ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं देउवाको पाउमा सत्ता सुम्पिए – Nepal Press

माधवमाथि नविनाको आरोप- ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं देउवाको पाउमा सत्ता सुम्पिए

काठमाडौं । नेकपा एमालेकी युवा नेता तथा सांसद नविना लामाले माधव नेपालको कुण्ठा, द्वेष र विधि पद्धतिका नाममा भएको गुटबन्दीका कारण एमाले विभाजन गरेको भन्दै नेपाललाई लोभी, पापी र गद्दारको संज्ञा दिएकी छन् ।

१५ वर्ष एमालेको नेतृत्व गर्दा माधव नेपालले केपी ओली र ओली पक्षधरलाई दमन गरेको स्मरण गराउँदै उनले महाधिवेशनबाट हारेर पनि विधि पद्धतिको गीत गाउँदै लज्जास्पदरूपमा अध्यक्षमा दावी गरेको लामाको आरोप छ ।

आफ्नो वक्तव्यमा उनले भनेकी छन्, ‘तपाईंले १५ वर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाइनलाई कस्तो अवस्थामा पुर्‍याउनु भयो ? पार्टीलाई लज्जास्पद हारसहित तेस्रो स्थानमा पुर्‍याउनु भयो । आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता र छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गर्नुभयो । अहिले आफू महाधिवेशनमा हारेपछि पनि ऐन मौकामा जस्केलाबाट छिरेर विधिको गीत गाउँदै अध्यक्ष पदमै दावा गर्ने ? यो कुन विधि र पद्धति हो कमरेडरू ? ‘

अनेरास्ववियूको पूर्वअध्यक्ष समेत रहेकी लामाले आफ्नो पार्टीको सरकार ढालेर, पार्टीलाई दनदनी बालेर त्यसको आगोमा माधव नेपालले मज्जा लिइरहेको भन्दै जनताले सधैँ धिक्कार्ने बताएकी छन् ।

लामाले भनेकी छन्, ‘हिजो राजा ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं गरी आज देउवा पाउमा सत्ता सुम्पनु भयो । यो कुन विधि र पद्धति हो कमरेड ? तपाईंको विधि र पद्धतिको कु-कृत्यलाई पार्टीका लाखौं कार्यकर्ता, शुभेच्छुक र जनताले कदापी माफी दिने छैनन् । तपाईंलाई अलिकति पनि लज्जा र हिनता महसुस भएन ?’

उनले पार्टी फुटबाट जोगाउन भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईललगायतको भूमिका सम्माजनक रहेको बताएकी छन् ।


प्रतिक्रिया

4 thoughts on “माधवमाथि नविनाको आरोप- ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं देउवाको पाउमा सत्ता सुम्पिए

  1. Balla sahi kura ayo manya jiu bata…gaddar haruko yesari nai bhandafor garnu parxa….aba dhaami jhaakri ko pani bhandafor gardinus chum chum dherai vaira xa jhaakri ko…..

  2. Laal gaddar haru lai yesai gari janata samu nangejhaar parnu parxa..aba nange jhaar parne palo dhaami jhaakri ko ho fur fur dherai vaira xa….

  3. राम कुमारी झक्रीको लत्ता-कपड़ा धुनें, जूता पोलिस गर्ने औकात नभएका नबीना कसरी अखिलको अध्यक्ष भो !!! ??? उदेकको बिषय !!!

Leave a Reply to Pawan Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर