बीजेपी नेता चौथाइवाले र एमाले अध्यक्ष ओलीबीच भेट, अन्य शीर्षनेतालाई पनि आज भेट्ने – Nepal Press

बीजेपी नेता चौथाइवाले र एमाले अध्यक्ष ओलीबीच भेट, अन्य शीर्षनेतालाई पनि आज भेट्ने

काठमाडौं । सत्तारुढ भारतीय दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवोलेले आज बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटवार्तामा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ । उनले आइतबार बेलुका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

चौथाइवालाले बीजेपीको भातृ संगठन स्वयंमसेवक संघ (आरएसएस)ले आज काठमाडौंमा आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुने जनाइएको छ । आठ महीनापछि चौथाइवाले काठमाडौं आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर