नेपालमा बीजेपी नेताहरुको दौडधुप, चौथाइवालेले भेटे प्रधानमन्त्री


काठमाडौं । नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन तीव्र भएको छ । भारतीय सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष तहका नेताहरु केहीदिनदेखि काठमाडौंमै छन् । उनीहरुमध्ये भाजपाको विेदश विभागका प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटघाट प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको छैन । भेटमा दुई देशबीचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको बताइएको छ । चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवाले सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएको बताइन्छ ।
Today I was honoured to call on Prime Minister of Nepal H E @SherBDeuba ji in Kathmandu. I congratulated him for his election as PM and also greeted him on the auspicious occasion of Janeu Purinama and Rakshabandhan. We both agreed to strengthen party to party dialog. pic.twitter.com/525iGXnax1
— Dr Vijay Chauthaiwale (@vijai63) August 22, 2021
प्रधानमन्त्री नियुक्ति भएर संसदमा विश्वासको मत लिएपछि मात्रै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई औपचारिक बधाई दिएका थिए । विगतका परम्पराझै हालसम्म प्रधानमन्त्री देउवाले भारत भ्रमणको निम्तोसम्म पाएका छैनन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको र एमाले विभाजित भएको अवस्थामा भारतीय नेताहरुको दौडधुपलाई चासोका साथ हेरिएको छ । भाजपाका वरिष्ठ नेतामध्येका एक डा। दिनेश उपाध्याय पनि केही दिनदेखि काठमाडौंमा छन् । भाजपा निकट सूत्रका अनुसार नेपालमा केहीदिनमै राजनीतिक उतारचढावको सम्भावना छ ।
‘नेपालका केही नेतासंग केही विषयमा गम्भीर छलफल भएको छ । त्यसको परिणाम हप्तादिनमै देखिनेछ’, भाजपा नेताहरुको भेटघाट प्रबन्धमा जुटेका एक सहयोगीले नेपाल प्रेससंग भने ।