माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा शुरू – Nepal Press

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा शुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडमा शुरू भएको छ । स्थायी समिति सदस्य गणेश साहका अनुसार नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बसेको हो ।

साउन ३० र ३१ मा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि मिति तय गर्दै चार महिने संगठन निर्माण अभियानको घोषणा गरेको थियो । अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि माओवादीले नेताहरूलाई कार्यविभाजन गरेर पठाउने विषयमा स्थायी समिति छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर