माधव नेपालको पार्टीलाई सूर्य थापाको व्यंग्य: नाममै मजाक नगर्ने कि ? – Nepal Press

माधव नेपालको पार्टीलाई सूर्य थापाको व्यंग्य: नाममै मजाक नगर्ने कि ?

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले माधव नेपालको नेतृत्वमा गठित नयाँ पार्टीको नामलाई लिएर व्यंग्य गरेका छन् ।

एकीकृत समाजवादी पार्टी नामलाई उनले ‘मजाक’ संज्ञा दिए । फेसबुकमा स्टाटस लेख्दै थापाले दुई दिनअघि नै आफूले एमाले (समाजवादी) नाममा निर्वाचन आयोगले पार्टी दर्ता गर्न नसक्ने बताएको सम्झाएका छन् ।

‘उनी नाम बदल्न बाध्य भए,’ थापा लेख्छन्, ‘फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भनेजस्तो । नाममै मजाक त नगर्ने कि । दुनियाँ हास्दैछन् ।’

नेकपा एमालेबाट विभाजित बनेको माधव समुहले एमाले (समाजवादी) नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । तर, निर्वाचन आयोगले उक्त नाम अस्वीकार गरेपछि अहिले नेकपा (एकीकृत समाजवादी) नामाकरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर