गैरआवासीय नेपाली संघको विश्व सम्मेलन सम्पन्न गर्न २० सदस्यीय आयोजक समिति गठन – Nepal Press

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन सम्पन्न गर्न २० सदस्यीय आयोजक समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । आगामी कात्तिक ६ देखि ८ गतेसम्म राजधानीमा आयोजना हुने सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति गठन भएको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

परराष्ट्र मन्त्री नभएपछि मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मालिरहेको र मन्त्रिपरिषद् बिस्तार भएलगत्तै आउने मन्त्रीले जिम्मेवारी सम्हाल्ने गरी उच्च स्तरीय आयोजक समिति गठन भएको मन्त्रालयका प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्सालले नेपाल प्रेसलाई जानकारी दिईन । समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका सचिव, लगानी बोर्ड, नेपाल राष्ट्र बैंक रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर जनाएको छ ।

सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि, सम्पर्क सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिए अनुरूप संघको विश्व सम्मेलनलाई प्रत्येकपटक उच्चस्तरीय आयोजक समितिमार्फत सहयोग गर्दै आएको छ । हरेक दुई वर्षको अन्तरालमा गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपालमा हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर