पार्टी दर्ता हुनेबित्तिकै राष्ट्रिय सम्मेलनको तयारीमा माधव नेपाल, छुटेकालाई ल्याएर पूर्णता दिइने – Nepal Press

पार्टी दर्ता हुनेबित्तिकै राष्ट्रिय सम्मेलनको तयारीमा माधव नेपाल, छुटेकालाई ल्याएर पूर्णता दिइने

काठमाडौं । एमालेबाट विद्रोह गरेका माधवकुमार नेपालले दर्ता प्रक्रिया सकिने बित्तिकै नव गठित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीलाई पूर्णता दिने भएका छन् । राष्ट्रिय सम्मेलन गरी छुटेकालाई समेत समावेश गरेर पूर्णता दिइने उनको भनाइ छ ।

‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्‍याउनु पर्ने महिला कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ,’ सहयोगका लागि शुक्रबार जारी गरेको अपीलमा नेपालले भनेका छन्।

उनको भनाइ छ, ‘हाम्रो दर्ता प्रक्रिया वैधानिकरूपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ ।’

नेपालले भनेका छन्, ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम् समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।’


प्रतिक्रिया

One thought on “पार्टी दर्ता हुनेबित्तिकै राष्ट्रिय सम्मेलनको तयारीमा माधव नेपाल, छुटेकालाई ल्याएर पूर्णता दिइने

  1. दलाली चरित्रको अभिनय गर्न माहिर नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर