भूतपूर्व गोर्खा मामिलामा नेपाल र बेलायत सरकारबीच सेप्टेम्बर ८ मा वार्ता हुने – Nepal Press

भूतपूर्व गोर्खा मामिलामा नेपाल र बेलायत सरकारबीच सेप्टेम्बर ८ मा वार्ता हुने

लन्डन । नेपाल र बेलायत सरकारबीच वार्ता हुने लिखित सहमति जुटेपछि भोक हड्तालमा उत्रिएका भूतपूर्व गोर्खाहरु अनसन लगायतका कार्यक्रमलाई तत्काल स्थगित गर्न सहमत भएका छन् ।

भूतपूर्व सैनिक मामिला हेर्ने बेलायती राज्यमन्त्री लियो डकर्टीले नेपाली राजदूतलाई पत्र लेख्दै आगामी डिसेम्बरमा बेलायत नेपाल सरकारसँग वार्ता गर्न सहमत भएको जनाएका छन् ।

पत्रमा ८ सेप्टेम्बर २०२१ का दिनमा ब्रिटिस रक्षामन्त्री बेन वालेस तथा राज्यमन्त्री डकर्टीले राजदूत लोकदर्शन रेग्मीसँग एउटा तयारी बैठक गर्ने र डिसेम्बर २०२१ देखि औपचारिक वार्ता सुरु हुने उल्लेख छ ।

सन् १९९७ भन्दा पहिले सेवा निवृत्त भएका गोर्खा सैनिकलाई ब्रिटिस सैनिकसरह समान पेन्सनको माग गर्दै गोर्खा सत्याग्रह संघर्ष समितिसँग आबद्ध तीनजना अभियानकर्मीले अगस्ट ७ देखि आमरण अनसन सुरु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर