म्याद गुज्रन लागेपछि सरकारले बढायो अस्ट्राजेनेका खोप लगाउने लक्षित समूह, क-कसले लगाउन पाउनेछन् ? – Nepal Press

म्याद गुज्रन लागेपछि सरकारले बढायो अस्ट्राजेनेका खोप लगाउने लक्षित समूह, क-कसले लगाउन पाउनेछन् ?

काठमाडौं । अस्ट्राजेनेका खोपको मिति गुज्रने समय नजिकिएपछि सरकारले खोप लगाउने समूहको दायरा बढाएको छ । सरकारको नयाँ निर्णयअनुसार अब १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी र सीमा नाकाका प्रवेश नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई खोप दिइने भएको छ ।

अगस्ट महिनाभित्रै खोपको म्याद सकिने भएपछि लक्षित समूहको दायरा बढाउँदै १८ वर्ष पु¥याइएको हो । परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले प्रदेश निर्देशनालय र ७७ जिल्ला स्वास्थ्य कार्यालयलाई पहिलो मात्रा खोप दिने व्यवस्था मिलाउन पत्राचार गरेका छन्।

जापान सरकारले साउनमा कोभ्याक्स संयन्त्रमार्फत अस्ट्राजेनेकाको ८ लाख डोज उपलब्ध गराएको थियो भने भुटानले पैंचोमा ३ लाख डोज उपलब्ध गराएको थियो । जापानले दिन बाँकी ८ लाख डोज आगामी शनिबार आउँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर