एनआरएनको दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन – Nepal Press

एनआरएनको दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं विश्व सम्मेलनका लागि सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।

एनआरएनको दशौं विश्व सम्मेलन आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुँदैछ ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली संघका प्रतिनिधि छन् ।

सरकारले विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, पुँजी, प्रविधि, संजाल र पहुँचलाई मुलुकको आर्थिक, सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको परराष्ट्रद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रत्येक दुई वर्षको फरकमा नेपालमा आयोजना हुने एनआरएनको नवौं विश्व सम्मेलन २०७६ सालको असोज २८ देखि ३० गते सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर