एमालेको कारवाही कार्यान्वयन नगर्न १४ सांसदको निवेदन संसद सचिवालयद्वारा अस्वीकार – Nepal Press

एमालेको कारवाही कार्यान्वयन नगर्न १४ सांसदको निवेदन संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौं । १४ सांसदमाथि कारवाही गर्न एमालेले पठाएको पत्र कार्यान्वयन नगर्न आग्रह गर्दै माधव समूहले दिएको निवेदन दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ । दर्ता नगरेपछि हुलाकमार्फत पुनः त्यही पत्र पठाइएको सांसद जीवनराम श्रेष्ठले बताए ।

आफूहरुको पत्र २ दिनदेखि दर्ता गर्न अस्वीकार गरेर संसद सचिवालयले असहयोग गरेको उनले गुनासो गरे । यस्तो पत्र दर्ता गर्ने व्यवस्था कानूनमा नभएको जवाफ संसद सचिवालयले दिएको श्रेष्ठले जानकारी दिए ।

भदौ २ मा एमाले कारवाहीमा परेका सांसदहरू हस्ताक्षरसहित निवेदन लिएर संसद सचिवालयमा पुगेका थिए ।

एमालेले भने १४ जनालाई छिटो पदमुक्त गर्न सभामुख अग्नि सापकोटालाई दबाब दिइरहेका छन् । सभामुख सापकोटाले भने प्रष्ट जवाफ दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर