महन्थको पार्टीको नाम लोसपा, वरिष्ठ नेता थपिए – Nepal Press

महन्थको पार्टीको नाम लोसपा, वरिष्ठ नेता थपिए

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिने भएको छ । पार्टीको छोटकरी नाम लोसपा हुनेछ ।

प्रस्तावित लोसपाका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात निर्वाचन आयोगमा बुझाइँदैछ । यसअघि महतोमात्रै वरिष्ष्ठ नेता थिए ।

‘यसअघि महतोजीमात्रै वरिष्ठ नेता हुनुहुन्थ्यो अब शरतजी पनि वरिष्ठ नेता हुनुभएको छ’, ती नेताले जानकारी दिए । महतोलाई वरिष्ठ नेता बनाइएको विषयमा ठाकुर पक्षमै विवाद बढेको थियो । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्हमा भने साइकल नै प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर