गुगल क्लासरुमदेखि हावर्ड युनिभर्सिटीसम्म-महामारीमा सफल शिक्षाको जेभियर इन्टरनेशनल शैली – Nepal Press

गुगल क्लासरुमदेखि हावर्ड युनिभर्सिटीसम्म-महामारीमा सफल शिक्षाको जेभियर इन्टरनेशनल शैली

काठमाडौं । कोरोना महामारीले नेपालको मात्र होइन संसारकै शैक्षिक प्रणाली र पठनपाठनको शैलीमा धक्का दिएको छ । अनलाइन शिक्षाको प्रभावकारिता,पहुँच र गुणस्तरबारे नेपाल वहसकै चरणमा रहेका बेला जेभियर इन्टरनेशल स्कूल र कलेजले भने ‘गुगल क्लासरुम’लाई संस्थागत गरेको छ ।

यसै वर्ष विश्वकै उत्कृष्ट विद्यार्थी उत्पादन गरेर विश्व प्रसिद्ध हावर्डदेखि न्युयोर्क युनिभर्सिटीमा पूर्ण छात्रवृतिमा आफ्ना विद्यार्थी पठाइसकेको जेभियरले गुगल क्लासरुमलाई अब महामारीपछिको सामान्य अवस्थामा पनि वैकल्पिक माध्यमका रुपमा कायम राख्ने भएको छ ।

काठमाडौं र काठमाडौं बाहिर रहेका विद्यार्थी तथा अभिभावकलाई समेत गुगल क्लासरुप,जुम वेभिनार र अनलाइन अन्तरक्रियामा जोडेको जेभियरले भौतिक उपस्थितिका कक्षा सञ्चालनकै शैलीमा पठनपाठन,परीक्षा तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिएको कार्यकारी निर्देशक लोकवहादुर भण्डारीले बताए ।

२० वर्षअघि स्थापित कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज र बौद्ध टुसालस्थित जेभियर इन्टरनेशनल स्कूलको गुगल क्लासरुमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएपछि हालै संसारभरका शैक्षिक संस्था सम्मिलित वेविनारमा पनि सहभागिता जनाएको छ ।

क्याम्बिज युनिभर्सिटीबाट ए लेभलको मान्यता पाएको जेभियरले पछिल्लो समय संसारका उत्कृष्ट विद्यार्थी उत्पादन गरेको भन्दै अन्तर्राष्ट्रिय अवार्ड समेत पाएको छ । हालैमात्र आउस्टाण्डिङ कलेज अफ द इयर २०२१ को अवार्ड पाएको जेभियरले सन् २०१९ मा पनि दुबईबाट टिचिङ एक्सिलेन्ट अवार्ड पाएको थियो ।

संयोग नै भन्नुपर्छ महामारीका बेला शैक्षिक प्रणालीको अन्योल भइरहदा जेभियरका विद्यार्थीले विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरुमा नाम निकाले । यसै वर्ष जेभियर इन्टरनेशनल कलेजका इसान्त तिवारी हार्वर्ड युनिभर्सिटीमा फुलब्राइट स्कलरशीपमा गए ।

तयस्तै अभिशेक विष्टले युनिभर्सिटी अफ न्युयोर्कमा छात्रवृत्ति पाए भने भने विशालल खड्काले कोल्वी कलेज अमेरिकामा फुलराइड स्कलरशीप पाए । श्रृजा सिग्देल जेभियर इन्टरनेशलनकै छात्राले अमेरिकाकै अर्कान्से स्टेट युनिभर्सिटीमा फुलराइड स्कलरशीप पाइन् ।

यो वर्षमात्र ८ जना जेभियर इन्टरनेशनलका विद्यार्थीले अमेरिकाका विभिन्न युनिभर्सिटीमा छावृत्ति पाएर अध्ययनका लागि गए भने जेभियरकै निशान्त पाण्डेले एमबीबीएसमा पूर्ण छावृत्तिमा नाम निकाले ।

जेभियरको यहि सफलता देखेर अभिभावक अहिले कलेज भर्नाको बेला लकडाउनका बीच पनि सोधपुछ गर्न गइरहेका छन् । जेभियरले ए लेभल,प्लस टु,मन्टेश्वरीदेखि कक्षा दशसम्म अलग अलग विधामा अनलाइन कक्षाको मोडल कायम गरेको छ ।

यसका सथौ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तहका विभिन्न कार्यक्रमका साथै एमबीएसको पनि अध्ययन गराइएको भण्डारीले बताए ।

ए लेभलमा जेभियरका ३ जना विद्यार्थीले नेपालबाटै गएर वल्र्ड टप गरेका छन् भने प्लस टुमा पनि यस कलेजमा बोर्ड टप गरेको छ । जेभियरले पछिल्लो दुइवटा शैक्षिकसत्र अनलाइनमार्फत पूर्ण रुपमा गुगल क्लासरुम सन्चालन गरिरहेको छ,जसलाई नेपालकै उन्नत अनलाइन कक्षा मानिएको छ । आन्तरिक परीक्षाहरु समेत नियमित रुपमा अनलाइनबाटै लिइएको छ ।

नियमित विद्यार्थीहरुको लागि समिनार,वर्कशप,कन्फरेन्स र भेविनारका लागि भर्चुअल जुमको माध्यमबाट कार्यक्रमहरु सन्चालन गरिएको कलेजका दिपेन न्यौपानेले बताए ।

जेभियरले कक्षा ११ को वार्षिक परीक्षा पनि अनलाइन माध्यबाट सम्पन्न गरिसकेको र भदौ ९ गतेबाट विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा पनि अनलाइनबाटै गरिने उनले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर