क्रियाशील सदस्यता टुंग्याउन फेरि मापदण्ड बनाइँदै, कांग्रेस नेताहरु बिहानैदेखि छलफलमा – Nepal Press

क्रियाशील सदस्यता टुंग्याउन फेरि मापदण्ड बनाइँदै, कांग्रेस नेताहरु बिहानैदेखि छलफलमा

काठमाडौं । नेपाली कांग्रेसमा टुंगो लाग्न बाँकी क्रियाशील सदस्यताबारे सहमति जुटाउन अन्तिम प्रयास सुरु भएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले छानबिन समितिले पनि टुंगो लगाउन नसकेका क्रियाशील सदस्यताबारे सहमति जुटाउन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिएको छ ।

केन्द्रीय समितिको निर्णयमा तीन जना नेताहरुले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य भदौ २ गतेभित्र टुंगो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने उल्लेख छ ।

केन्द्रीय समितिले दिएको भदौ २ भित्र भने नेताहरुबीच सहमति जुट्न सकेको छैन । सहमति जुटाउन तीन जना नेताहरु आज बिहानैदेखि छलफलमा जुटेका छन् ।

काठमाडौं एक रिसोर्टमा जारी छलफलले टुंगो लाग्न बाँकी क्रियाशील सदस्यताबारे नयाँ मापदण्ड बनाउनेछ ।

‘बाँकी रहेका विवाद कसरी टुंग्याउने भन्नेमा हामीले एउटा मापदण्ड बनाउँदैछौ । पुरानो मापदण्डले समाधान गर्न नसकेका विषय भएकोले नयाँ मापदण्ड बनाएर बाँकी समस्या समाधान गर्न खोजेका छौ । आजै काम टुंग्याउने गरी छलफलमा छौ’, एक नेताले भने ।

कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्ने गरी महाधिवेशन कार्यतालिका ल्याएको छ । महाधिवेशन कार्यतालिका प्रभावित हुन नदिन क्रियाशील सदस्यताको विवाद टुंग्याउनैपर्ने दवावमा कांग्रेस नेताहरु रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर