एनआरएन जर्मनीको चुनाव विवादमा, नेतृत्वलाई बहिष्कार गर्ने चार नेपाली संस्थाको चेतावनी – Nepal Press

एनआरएन जर्मनीको चुनाव विवादमा, नेतृत्वलाई बहिष्कार गर्ने चार नेपाली संस्थाको चेतावनी

बर्लिन । गैरआवासीय नेपाली संघ (एनआरएन) जर्मनीको चुनाव विवादमा तानिएको छ । गत जुलाई ३१ मा सम्पन्न भएको चुनावमा धाँधली भएको र अनलाइन प्रविधिलाई दुरुपयोग गरि आइसीसी प्रविधिको छनौट गरिएको भन्दै चारवटा नेपाली संस्थाले विरोध जनाएका छन् ।

प्रवासी नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशिल मंच र प्रवासी नेपाली एकता समाजले विज्ञप्ति जारी गर्दै चुनावबाट निर्वाचित नेतृत्वका गतिविधिलाई बहिष्कार गर्न माग गरेका छन् ।

सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि भएको चुनावमा धाँधली भएको भन्दै जर्मनीका अदालतमा मुद्दा परेकाले फैसला नआञ्जेलसम्म कुनै कार्य नगर्न पनि ती संस्थाले ध्यानाकर्षण गराएका छन् । उक्त निर्वाचन जर्मनीको कानून र एनआरएनको विधानविपरित भएको आरोप समेत लगाइएको छ ।

संस्थाका १६ सय साधारण सदस्यलाई पूर्वजानकारी नदिइकन चुनाव गरिएको आरोप लगाउँदै विज्ञप्तिमा संस्थागत गतिविधि नगर्न नेतृत्वलाई चेतावनी पनि दिइएको छ ।

विज्ञप्ति जारी गर्नेहरुमा प्रवासी नेपाली एकता मंचका अध्यक्ष चन्द्रकान्त आचार्य, नेपाली जन सम्पर्क समिति अध्यक्ष शिखर खड्का, नेपाली जन प्रगतिशील मंच अध्यक्ष शम्भुप्रसाद पोख्रेल र प्रवासी नेपाली एकता समाजका अध्यक्ष विजय शाही छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर