झापा एफसी र एफसी चितवनबीच सम्झौता – Nepal Press

झापा एफसी र एफसी चितवनबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिग (एनएसएल) साइड– एफसी चितवन र सी डिभिजन छनोटको तयारीमा रहेको झापा एफसीबीच सम्झौता भएको छ ।

नेपालकै पहिलो निजी फुटबल क्लब झापा र चितवनबीच ‘स्ट्रेटिजिक’ सम्झैता भएको चिवतनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । सम्झौताअनुसार झापा फुटबल क्लबले सी डिभिजन लिगको छनोटका खेल दौरान आईएमई ग्रुपको लोगो अंकित जर्सी लगाउने छ । त्यस्तै खेलाडी विनिमय तथा चितवनको लोगो झापामा प्रोमोट गर्ने लगायतका सम्झौता भएको क्लबले बताएको छ ।

यस्तै, क्षमतावान् झापाली फुटबलरले ट्रायलमार्फत एफसी चितवनबाट एनएसएलमा मौकासमेत पाउन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *