योगेश भट्टराईले भने- दल विभाजन अध्यादेश व्यवस्था र संविधानलाई धरासायी पार्ने षडयन्त्र – Nepal Press

योगेश भट्टराईले भने- दल विभाजन अध्यादेश व्यवस्था र संविधानलाई धरासायी पार्ने षडयन्त्र

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिक दलको विभाजन अध्यादेश व्यवस्था र संविधानलाई धरासायी पार्ने षडयन्त्र भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद योगेशले यो कदम हिजो, आज र भोलि पनि गलत रहेको जिकिर गरेका छन् ।

‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र हो, ’ योगेशले भनेका छन्, ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर